काठमाडौं, वैशाख १४ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल समूह विजेता बन्न सफल भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए ।
नेपालको जितमा स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाच विकेट लिए । लामिछानेले एसिसी प्रिमियर कपमा कतारविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले ५८ बल खेले र छ चौका प्रहार गरे ।
कतारका लागि जाहीर ईब्राहिम र खुराम शेहजादले समान १५ रन बनाउदा ओपनर कमरान खान ८ रनमा क्याच आउट भए ।
नेपालले ४ मध्ये ३ खेल जितेको छ भने १ अंक बाँडेको छ । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ र ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको दोस्रो स्थानमा रहेको ओमान समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह बी मा युएई ४ खेलबाट ३ जित र १ हार सहित ६ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा जारी छ । खेलको नतिजापछि समूह बी को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने छ ।