Kath khabar
साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से



                         काठमाडौं, वैशाख १४ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । नेप्से आज दुई दशमलव २७ अंकले घटेर १८ सय ८९ दशमलव ७३ अंकमा झरेको छ भने सेन्सिटिभ पनि शून्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शून्य नौ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरूको २१ हजार आठ सय ५१ पटकको कारोबारमा २१ लाख ७४ हजार नौ सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ७३ करोड ९६ लाख ५० हजार दुई सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र होटल तथा पर्यटन समुहको सूचक बढेका छन् भने विकास बैंक फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये सिटिजन्स म्युचुअल फण्ड–२ नेष्डो, समृद्ध लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैक, जानकी फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने एनआईबिएल ग्रोथ फण्ड, पिपुल्स पावर लिमिटेड, मुलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने एभरेष्ट बैंक, हिमाल दोलखा हाइड्रो पावर कम्पनी आखुखोला जलविद्युत कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update