राजनीति
लडाकुलाई पैसा हैन रोजगारी दिनुपर्छ : कोइराला
बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उनले लडाकुलाई पैसा नभएर रोजगारी दिनुपर्ने धारणा राखेका हुन्
काठमाडौं, वैशाख १४ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले माओवादी लडाकुलाई पैसा बाँड्ने सरकारको तयारीको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उनले लडाकुलाई पैसा नभएर रोजगारी दिनुपर्ने धारणा राखेका हुन् ।
'विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन' उनले लेखेका छन्।
उनले सरकारको हरेक गलत कार्यको विरोध गर्नुपर्र्ने भन्दै यो काममा विरोध गर्न पनि सबैलाई आह्वान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय