Kath khabar
बिभिन्न किसिमका अवैध सामान नियन्त्रणमा



                 कञ्चनपुर, वैशाख १४ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता इलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करिव पाँच लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित चार थान साइकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, कीटनाशक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी¬) ले नियन्त्रणमा लिएको हो ।   

नियन्त्रणमा लिइएको सामान तथा साइकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update