खेलकुद
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ
काठमाडौं, वैशाख १५ । एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ।
खेल प्रिन्स मोहम्मद मैदानमा साँझ ६ः४५ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ।
समूह ‘एच’ मा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।
दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय