काठमाडौं, वैशाख १५ । नवनिर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।
लामिछानेले आफूहरु सरकारमा जाने नजाने भन्नेबारे निर्णय गर्न धेरै समीक्षा हुन बाँकी रहेको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए।
रविले भने, ‘भ्रष्टाचारको छानविन हुनपर्छ भनेका थियौं । तर सरकारले त्यो नै न्यूनतम् साझा कार्यक्रमबाट हटायो । त्यसमा हाम्रो गम्भीर आपत्ति छ, हामीसँग धेरै असन्तुष्टिहरू छन् । केही थान सांसद दिएर जनताले रास्वपालाई संसद्मा पठाएको छैन । एउटा म्यान्डेड दिएर पठाएको हो ।' निर्वाचनको समयका गतिविधिको समीक्षा हुन बाँकी रहेको र अहिले सरकारमा सहभागी हुनेबारे टुंगो लागि नसकेको बताएका छन् ।