राजनीति
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिना विभागीय मन्त्री नियुक्त
लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन
बुटवल, वैशाख १५ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ दिलाइएको छ ।
लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय