काठमाडौं, वैशाख १६ । एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाउनका लागि कुवेतले २८२ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले घरेलु टोली नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको लक्ष्य दिएको हो ।
नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । बर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो । नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाए ।
रोहित शतक बनाउन ६ रनले चुकेका थिए । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे।
यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्नेछ । फाइनल खेल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।