Kath khabar
एसिसी प्रिमियर कप : वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा

 

                  काठमाडौं, वैशाख १६ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाल फाइनलमा पुगेको छ । भारी वर्षाको कारण नेपाल र कुवेतबीचको खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

वर्षाले खेल रोकिनु अघि ८ ओभर २ बलमा कुवेतले ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए र सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र यासिन पटेलले समान १र१ विकेट लिए ।

अब फाइनलमा नेपाल युएईसँग भिड्नेछ । युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update