रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट दिए राजीनामा
काठमाडौं, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अर्यालले दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।
प्रतिनिधि सभाको चितवन २ मा भएको उपनिर्वाचनबाट सभापति रवि लामिछाने विजयी भएर संसद पुगेपछी अर्यालले राजीनामा दिएका हुन् । अब सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकमा लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय