Kath khabar
वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

 

                   काठमाडौं, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।

चितवन २ बाट उपचुनावमा विजयी भएका लामिछानेलाई बधाई दिँदै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।  तर सभापति लामिछानेले भने सरकारले देश र नागरिकका समस्या एकातिर पञ्छाएर गलत निर्णय गरिरहेको भन्दै असन्तुष्टि पोखेका छन् ।

तत्काल सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिनेबारे छलफल गर्न रास्वपाले भोली सोमबार बिहान ११ बजे केन्दीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा सरकारलाई दिएको समर्थनको विषयमा छलफल हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update