खेलकुद
एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित
कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो
काठमाडौं, वैशाख १७। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी ओमान र कुवेत बीचको खेल बर्षाले प्रभावित भएको छ ।
कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ३१.३ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।
यस खेलको विजेता इमर्जिंग टिम्स एशिया कपका लागि छनौट हुने छ । यसअघि फाइनलमा पुगेका नेपाल र युएई इमर्जिंग टिम्स एशिया कपका लागि छनौट भइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय