काठमाडौं, वैशाख १७। लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक बीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमै गएर आत्महत्या गरेकी छन् ।
केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् । ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरीले जनाएको छ ।
शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौं आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । उनका प्रेमी भनिएका सुजन ढकाल कान्ति वाल अस्पतालका डाक्टर हुन् ।
अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले नमाने पछि अनुमाले शनिबार आत्महत्या गरेको उनको पारिवारीक स्रोतले जनाएको छ ।
उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि अनुमाले पासो लगाएको प्रहरीको झण्डिएको प्रहरीले आशंका गरेको भएपनि सो सम्बन्धमा भने केही बताएको छैन।
झुण्डिएको स्थानमा सुसाइड नोट पनि फेला परेको भएपनि प्रहरीले त्यसबारे पनि केही बताएको छैन । प्रहरीका अनुसार वालाजु वृत्तले सो घट्नाबारे अनुसन्धान गरिरहेको छ।