वीर अस्पतालको छतको पर्खाल भत्किँदा चारजना घाइते
काठमाडौं, वैशाख १७। वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वर्षाका कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको जनाइएको छ ।
पर्खालबाट ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठोक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको हो । अस्पतालका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय