काठमाडौं, वैशाख १७ । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से घटेको छ । नेप्से आज १९ दशमलव ११ अंकले घटेर १८ सय ७० दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ९५ अंकले घटेर तीन सय ५८ दशमलव १४ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, बिकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक घटेर नेप्से रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता एनएमबी सुलभ फण्ड–२, कर्पोरेट डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड, तेह्रथुम पावर कम्पनी आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, एभरेष्ट बैंक, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।