Kath khabar
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार, आज राति स्वदेश फर्किँदै

 

                 काठमाडौं, वैशाख १७ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार देखिएपछि आज राति भारतबाट स्वदेश फर्किँदै हुनुहुन्छ ।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुग्नुभएका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किँदै हुनुहुन्छ । उहाँ स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत हुनुहुन्थ्यो ।

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update