Kath khabar
सेगवे ई-१०० इलेक्ट्रिक स्कुटरमा पूर्वदेखि पश्चिमसम्मको लामो दूरी यात्रा सम्पन्न

                    

                     काठमाडौं, वैशाख १७ । सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व देखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन ।

दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले ई-१०० आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो । योे यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ ।

छ रात सात दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च रु ६५० मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरुमा  वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ । सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ  ।

यात्रा आवाधी भरि, सेगवे ई-१०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ-रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो । सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० ले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू-भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ । धिरेनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर, सेगवे ई-१००, काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसै गरि उनले सेगवे सेगवे एन-१०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए।  
यस यात्राको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो । शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कुटर ई-१००  एक वातावरण मैत्री विकल्प साबित भएको छ । सेगवे  ई-१०० इलेक्ट्रिक स्कुटर मार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई प्रदर्शन गर्दछ । धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरूतर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ ।

सेगवे ई-१०० को बारेमा
सेगवे ई-१००  प्रति घण्टा ६० कि.मी उच्च गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको इलेक्ट्रिक स्कुटर हो । यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन् । स्कुटरको आरामदायी सिट र फराकिलो कार्गो बक्सले सवार र सामान ढुवानी गर्ने दुवैलाई सुरक्षित सवारी प्रदान गर्ने सेगवे ई-१०० नेपाली बजारमा उपलब्ध छ । आई हब प्रा. लिमिटेड नेपालमा सेगवेको लागि आधिकारिक वितरक हो ।

आफ्ना रोमाञ्चक उत्पादनहरूको नयाँ विमोचनसँगै, सेगवेले आफ्नो साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update