Kath khabar
फिनल्याण्डको पहिलो जित, स्टार खेलाडी इरिकसन मैदानमा अचेत अवस्थामा ढल्दा विश्व स्तब्ध

डेन्मार्क, जेठ ३० । फिनल्याण्ड आफ्नो इतिहासमा पहिलो पटक यरोकपमा जित हात पारेको छ । जारी प्रतियोगिताबाट युरोकपमा डेब्यु गरेको फिनल्याण्डले डेनमार्कलाइ एक सुन्य गोलले हराउँदै पहिलो जित पार्दा डेनिस स्टार खेलाडी क्रिस्टियान इरिक्सन अचेत अवस्थामा ढलेपछि खेल छायाँ परेको थियो ।

गएराती समुह बि अन्तगर्त पार्केन रंगशालामा भएका खेलमा डेनमार्कलाई एक  सुन्य गोलले हराउँदै उसले बिजयी सुरुवात गरेको हो । खेलको ४१ ऋौँ मिनेटमा डेनमार्क स्टार खेलाडी क्रिष्टियान इरिकसन एक्कासी मैदानमा ढलेपछि खेल करिब एक घण्टा रोकिएको थियो । डेनिस खेलाडीहरुको आग्रहमा खेल पुन सुचारु गरिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । ६० औँ मिनेटमा जोयल पोब्लीयाम्पालोले हेडर गोल गरि फिनल्याण्डको बनाउनु भएको हो । सोही गोल नै फिनल्याण्डको पहिलो जित हात पार्न पर्याप्त बन्यो । फिनल्याण्ड सो गोल इरिक्सन प्रति सर्मपण गरेको थियो ।

इरिकसनलाई के भयो थियो?

४१ औ मिनेटमा इन्टर मिलानका स्टार खेलाडी इरिकसन अचेत अवस्थामा ढल्नु भएको थियो । सोही बेला उहाँको त्यो अवस्था देख्ने बित्तिकै रेफ्री एन्थोनी टेलरले खेल रोक्न इसारा दिँदै चिकित्सकलाई मैदान बोलाउनु भएको थियो । त्यस अघि डेनिस कप्तान सिमोन केरले इरिकसनलाई स्वाप्रस्वास सहज हुन मद्धत गर्नुभयो । उहाँको महत्वपुर्ण प्रयासपछि इरिकसनले सास फेर्न थाल्नुभएको थियो । खेलाडीहरुले उपचार भइरहेका बेला उहाँलाई मनाव सांग्लो बनाएर अन्य मिडिया, दर्शकबाट बचाएका थिए । होसमा  आएपछि उहाँलाई अस्पतालमा लगिएको थियो । उहाँ अहिले खतरामुक्त डेनिस फुटबल संघले बताएको छ । सो घटना पछि क्रिस्टियानो रोनाल्डो, लुकाकु, जेसि लिङगार्ड र अन्य खेलाडीकाले उहाँको स्वास्थ्य लाभको सुभेच्छा व्यक्त गर्नुभएको थियो। डेनिस मिडियाले खेल पछि लेख्नुभएको छ । हामीले खेलमा हारेउ तर जीवन जित्याँै । 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update