एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा
काठमाडौं, वैशाख १८ । एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।
आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरीयता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।
आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय