Kath khabar
सन् १९७० को समयमा बुङ्गमतीबाट चोरिएको स्टेन्डिङ बुद्धको प्रतिमा नेपाल ल्याइँदै

 

                  काठमाडौं, वैशाख १८ ।  अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ । क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन् ।

ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँ शताब्दिको र काठबाट बनाइएको निरत्य देवीको प्रतिमा दशौँ शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । 

उक्त बुद्धको प्रतिमा बुङ्गमतीबाट चोरिएको थियो। बुद्ध प्रतिमाको साथैं उनले अर्को व्यक्तिगत रुपमा ४२ ईन्च अग्लो निरत्य देवीको मूर्ति पनि सङ्कलन गरी नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए ।

बुद्धको प्रतिमा बुङ्गमती र नृत्य देवीको प्रतिमा इटम वहाल ललितपुरबाट सन् १९७० को समयमा चोरी भएको थियो । पछिल्लो १ वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्विक ७ मूर्ति सङ्कलन गरी नेपाल पठाएको छ ।   

embassy1682934690.jpg

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update