समाज दर्पण
हुम्लामा भूकम्पको धक्का
भूकम्प पछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णाली लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ
हुम्ला, वैशाख १८ । कर्णालीको हुम्लामा लाली केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।
भूकम्प पछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णाली लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय