Kath khabar
एसीसी प्रिमियर कप - युएई अलआउट, नेपाललाई १ सय १८ रनको लक्ष्य


               काठमाडौं, वैशाख १९ । काठमाडौंमा जारी एसीसी पुरुष प्रिमियर कपको फाइनल खेलमा युएई अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज युएईले थप ११ रन मात्र जोड्न सकेको छ ।

वर्षाले खेल अवरुद्ध हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । सोही खेल आज पनि जारी छ । नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश दिएको छ ।

नेपाली बलर ललित राजवंशीले जुनैद सिद्दिकीलाई अन्तिम विकेटका रुपमा आउट गरे । वर्षाका कारण हिजोको खेल रोकिएपछि आज पनि सोही खेल जारी छ ।

युएईका लागि ललित राजवंशीले ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २र२ विकेट लिए । सोमपाल कामी र गुल्सन झाले पनि एक–एक विकेट लिए । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए । त्यस्तै आर्यन लार्काले १३ रन, मोहम्मद वासिमले ११ रन तथा जहुर खान र वसिल हमिदले १०/१० रन बनाए ।

आज पनि पानी पर्ने सम्भावना छ । वर्षाका कारण आजको खेल हुन नसके सुपर ओभरका आधारमा नतिजा तय हुनेछ । सुपर ओभर हुन नसके नेपाल एकदिवसीय वरीयताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update