काठमाडौं, वैशाख १९ । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
“हिजो अस्तिको तुलनामा आज केही कम वर्षा हुने देखिएको छ । तर, वर्षा भने हुन्छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “आज वाग्मती प्रदेशको काठमाडौं उपात्यकामा पनि वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्न देखि भने वर्षा हुनेछ ।”
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका १/२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।