समाज दर्पण
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने
छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए
काठमाडौं, वैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्यहोर्ने भएका छन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै ब्यहोर्ने भएका हुन् । ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्ने कुराका जानकारीका लागि अवगत गराईन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
छातिमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि वैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन्।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय