Kath khabar
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

 

             लुम्बिनी, वैशाख १९ ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । ४ सिट रहेको राप्रपा भने तटस्थ बसेको थियो ।

गएको वैशाख १४ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update