Kath khabar
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप


                       काठमाडौं, वैशाख १९ ।  नेपालका लेग स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कप प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मंगलबार सम्पन्न फाइनल खेलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ ४२ रन बनाएका थिए । नेपालका गुल्शन झा फाइनलका उत्कृष्ट खेलाडी छानिए । युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर बनेका छन् । उनले प्रतियोगिता अवधिभर चार सय ५४ रन बनाएका थिए।

एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update