Kath Khabar
एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक


                 काठमाडौं, वैशाख १९ । पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘ए धोकेबाज’ की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ ।

लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्दरचना रहेको गीत ’ए धोकेबाज’ मा नवीन कार्कीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ ।

मायाप्रेम र बिछोडलाई बेजोड रुपमा देखाइएको गीतको भिडियोमा समीप निरौला, निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय रहेको छ ।

युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन उत्तम हुमागाईँको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update