काठमाडौं, वैशाख १९ । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । आज मंगलबार नेप्से चार दशमलव २७ अंकले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव १२ अंकले घटेर तीन सय ५७ दशमलव शून्य दुई अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २१ हजार छ सय ४९ पटकको कारोबारमा २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका सात वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सनराइज बैक डिबेन्चर आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा स्वेत गंगा हाइड्रो पावर कम्पनी, इष्टर्न हाईड्रो पावर कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम, तारागाउँ रिजेन्सी होटल आदि परेका छन् ।