काठमाडौं, वैशाख १९ । बुढानीलकण्ठ नगरपालिका अर्को अबैध विषयमा समाचारको शीर्षक बनेको छ । यस नगरपालिकाको वडा नं २ बँदेलीमा रहेको गार्डेन एपिएरी उद्योग प्रालिले अखाद्य बस्तु हाली मह उत्पादन गरेर बिक्री वितरण गरेको पाइएको छ । बुढानीलकण्ठ वडा नं. २ बस्ने पवन सत्यालले संचालन गरेको सो उद्योगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएको थियो ।
गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट प्र.नि. दिपेन्द्र बहादुर चन्द र महाराजगंज वृतबाट समेत सि.प्र.अ को कमाण्डमा २० जनाको प्रहरी टोली र स्थानिय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा करीब ७ लिटर अबैध मह र अबैध मह उत्पादन गर्ने कच्चा पदार्थ फेला परेको थियो।
अवैध काम गरेको भेटिएपछि संचालक बर्ष ५९ को पवन सत्याललाई नियन्त्रणमा लिई बाँकी अबैध मह उत्पादन गर्ने कम्पनि स्थानिय प्रतिनिधिहरुको रोहबरमा सिल गरिएको छ। थप अनुसन्धानको कार्य भईरहेको साथै नमुना परिक्षणको लागि र आवश्यक कारवाहीका लागि प्रहरी बृत महाराजगंज पठाईएको छ ।