समाज दर्पण
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार दिउँसो पौने ३ बजे यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो
दार्चुला, वैशाख १९ । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ।
मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो ।
हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८० १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय