Kath khabar
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर

 

              काठमाडौं, वैशाख १९ ।  नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर पुगेको छ ।

नेपाली रुपैयाँअनुसार १ लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update