Kath khabar
सरकारद्वारा एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने निर्णय

 

               काठमाडौं, वैशाख २० ।  सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६/६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षक सहित क्रिकेट खेलाडीलाई जनही ६/६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३/३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।

मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनौट भएको छ । एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ ।

साथै सरकारले टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update