Kath khabar
नौ अंकले घट्यो नेप्से


                काठमाडौं, वैशाख २० । नेप्से घटेको छ । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से नौं दशमलव १८ अंकले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव १९ अंकले घटेर तीन सय ५५ दशमलव ८३ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको १८ हजार आठ सय ७६ पटकको कारोबारमा २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैक, कर्पोरेट डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स पावर लिमिटेड, न्यादी हाइड्रो पावर कम्पनी लिमिटेड, मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरूको सुचीमा शिवम् सिमेन्ट, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update