Kath khabar
काष्ठ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा रोशन श्रेष्ठ

 

                 काठमाडौं, वैशाख २१। काठ व्यवसायसँग सम्बन्धी व्यवसायीहरूको छाता संगठन ‘काष्ठ व्यवसायी संघ’ काठमाण्डौको अध्यक्षमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन) निर्वाचित भएका छन् । उग्रचण्डी नाला समाजका उपाध्यक्ष श्रेष्ठ ‘रिम्स काठ उद्योग’का सञ्चालक हुन् ।

संघको बुधबार सम्पन्न १२ औं साधारण सभा तथा तेस्रो महाधिवेशनले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आगामी तीन वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा कुश थापा र द्धितिय उपाध्यक्षमा शारदा वस्ती, सचिवमा पुष्कर ढुंगाना, सहसचिवमा लवाङ्ग लामा, कोषाध्यक्षमा सविर अहमद तथा कार्यसमितिका सदस्यहरूमा छोटेलाल पटेल, दीपक पोखरेल र राजु लामा निर्वाचित भएका छन् ।

वन पैदावार उद्योग संघका कार्यवाहक अध्यक्ष दिनेश राज रेग्मीको प्रमुख आतिथ्यतामा १२ औं साधारण सभा तथा तेस्रो महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update