
काठमाडौं वैशाख २१ । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ ५जी मोबाइल नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ । यो फोनमा ५० एमपिका ३ वटा क्यामराहरू रहेका छन् । साथै यसमा भएको एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सहयोग गर्नेछ । साथै यसमा सेल्फी खिच्नका लागि १३ एमपिको फ्रन्ट क्यामरा जडित रहेको छ ।
यसमा भएको विशाल छ हजार एमएएच ब्याट्रीले ग्यालेक्सी एम १४ ५जीलाई पावर मोन्स्टर बनाइदिएको छ, जुन बिना चार्ज दुई दिनसम्म लगातार चल्न सक्छ । यो स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एम १४ ५जी पर्फमेन्स मोन्स्टर पनि हो, जसमा अग्रणी ५ एनएम एक्जिनस १३३० प्रोसेसर जडित छ । यो चिपसेटले प्रयोगकर्ताहरुलाई कुनै बाधा बिना बहु कार्यहरु गर्न मद्दत गर्दै उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । यसमा पावर गुणदायक सिपियु संरचना छ । यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ । ग्यालेक्सी एम १४ ५जी मा भएको र्याम प्लस विशेषताले १२ जिबिसम्म र्यामको क्षमता बढाउन सकिने छ ।
ग्यालेक्सी एम १४ ५जी मा ६.६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ठूलो स्क्रिनले उपभोक्ताहरूका लागि सामाजिक सञ्जाल फिड मार्फत स्क्रोल गर्न सजिलो बनाइदिन्छ । बिन्ज दर्शकहरुले सहजताका साथ आफ्नो प्रिय मनोरञ्जनको मज्जा लिन सक्नेछन् । ग्यालेक्सी एम १४ मा ५जी नेटवर्क पनि सहजताको साथ प्रयोग गर्न सकिने भएकोले यो मोबाइल भविष्यको लागि तयार रहेको छ । साथै यो फोनमा वित्तीय एप्लिकेसनहरु, निजी आइडिहरु र अन्य गोप्य कागजातहरु स्टोर गर्नका लागि सामसङ वालेट पनि उपलब्ध छ ।
यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ ५जिको लागि दुई पुस्तासम्म ओएस स्तरोन्नति र ४ वर्षसम्म सुरक्षा अद्यावधिक प्रदान गर्नेछ । यो फोन तीन रंगहरु आइसाई सिल्भर, बेरी ब्लु र स्मोकी टेलमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार ६ प्लस १२८ जिबियुक्त ग्यालेक्सी एम १४ ५जीको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यो मोडल २०२३ मे ३ देखि देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको जानकारी पनि कम्पनीले दिएको छ ।