Kath khabar
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार गेटमा धर्ना

 

                  काठमाडौं, वैशाख २१ ।  सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसंगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेट अघि सांकेतिक रुपमा धर्ना दिएका हुन् ।

निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभए पछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले जनाएका हुन् । यसअघि मोबाइल एसएमएस मार्फत सचिवहरुलाई ऐन जारी गर्न ध्यानाकर्षण गराइएको र अव सिंहदरबारमा केन्द्रीत आन्दोलन गर्ने नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रवास साहले जानकारी दिए।

आन्दोलित कर्मचारी संगठनहरु मध्ये सत्ता पक्ष संगठनले भने सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update