Kath khabar
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति

 

              काठमाडौं, वैशाख २१ ।  नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

रायमाझीलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। 

अब उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने उनले बताए। रायमाझी विरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाज मार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update