Kath khabar
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच

                

                    काठमाडौं, वैशाख २१ । लगातार घट्दै आएको नेप्सेमा साताको अन्तिम कारोबार दिन आज बिहीबार भने हरियाली देखिएको छ ।

नेप्से आज १२ दशमलव ७३ अंकले बढेर १८ सय ६९ दशमलव ७३ अंकमा पुग्न सफल भएको छ  । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव शून्य सात अंकले बढेर तीन सय ५७ दशमलव ९१ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २० हजार छ सय ५५ वटा कम्पनीहरुको २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनआईबिएल ग्रोथ फण्ड, सानिमा बैंक, ग्रीन डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एनएमबी बैंक ऋणपत्र २०८८, बिन्धवासिनी हाइड्रोपावर लिमिटेड, मायाखोला हाईड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंकको संस्थापक शेयर, अपि पावर लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update