राजनीति
कांग्रेसका नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिग बहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्
काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसका नवनियुक्त ३ जना मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिग बहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिग बहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय