काठमाडौं, वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा रास्वपा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । रास्वपाले शुक्रबारसम्म निर्णय गर्ने यसअघिको बैठकले निर्णय गरेको थियो ।
यही वैशाख १० मा भएको उपनिर्वाचनपछि रास्वपाले अब सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । यसबारे पार्टी सभापति लामिछानेले सोमबारकै बैठकमा ब्रिफिङ गरेका थिए ।
त्यसपछि आन्तरिक छलफलमा जुटेको रास्वपाले आज सरकारमा जाने नजाने बारे निर्णय गर्ने बताइएको छ। सत्तागठबन्धनले भने रास्वपालाई भनेकै मन्त्रालय लिएर सरकारमा सहभागी गराउने पक्षमा देखिएको छ ।