१५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्दे राष्ट्र बैंक
काठमाडौं, जेठ ३० । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।
असार एक गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । सो दिन जारी गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल जेठ ३१ गते तोकिएको छ । गत साता अर्थात यही जेठ २४ गते पनि राष्ट्र बैंकले २४ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८ १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय