राजनीति
एमालेले बोलायो केन्द्रीय कमिटी र सचिवालय बैठक
बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरु विरुद्ध जारी पक्राउ पुर्जी लागयतका विषयमा छलफल हुनेछ
काठमाडौं, वैशाख २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
यसअघि २५ वैशाखमा बस्नेगरी केन्द्रीय कार्यालयको र २९ वैशाख देखि ३ दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्नेगरी बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरु विरुद्ध जारी पक्राउ पुर्जी लागयतका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय