ललितपुर, वैशाख २२ । बजारमा हाल विभिन्न प्रकारका पेय पदार्थहरु पाइन्छन् । ति पेय पदार्थहरु कति विदेशी छन् भने कति स्वदेश मै उत्पादन भैरहेका छन् । बजारमा स्वदेशी उत्पादनले विदेशी पेय पदार्थहरूलाई प्रतिष्पर्धा गर्न पक्कै पनि उपभोक्ताको विश्वास जित्न अपरिहार्य छ।
यस्तै स्वदेशी उत्पादकको रुपमा विगत ११ वर्ष अघि ललितपुर निवासी प्रकाश महर्जनले शक्ति फुड प्रा. लि. दर्ता गरी युवा स्वरोजगारका रुपमा विभिन्न ब्रान्डका आइसक्रिम उत्पादन गर्दै आइरहनु भएको छ। आफ्नो १ दशक लामो यात्रामा धेरै आरोह अवरोहको सामना गर्नुभएका महर्जन अबको यात्रामा आफ्नै नेपाली दाजुभाइ दिदीबहिनी माझ नेपालीपनको स्वाद सबैमाझ पुर्याउने हेतुले मार्टिन डेरी प्रोडक्ट्स प्रा.लि. मार्फत उपभोक्ता माझ आउनु भएको छ।
स्वाद र स्वास्थ्यको अनुपम सम्मिश्रण लिएर मार्टिन डेरी प्रोडक्ट्स प्रा. लि. ले शुद्ध दूधबाट निर्मित २०० मि लि को बोतलमा विभिन्न ६ स्वादका इन्स्ट्यान्ट ड्रिङ्क मिल्क उपभोक्ता माझ ल्याएको छ। मार्टिन डेरी प्रोडक्ट्स प्रा.लि. ले विभिन्न स्वादहरु मध्ये बजारमा पेस्ता मिल्क, चकलेट मिल्क, केशर मिल्क, भ्यानिला मिल्क, कोल्ड कफी मिल्क र स्ट्रबेरी मिल्क उपलब्ध गराएको छ।
ललितपुरको हरिसिद्धिमा उत्पादित उत्पादन यतिमा मात्र सिमित छैनन्। मार्टिन डेरी प्रोडक्ट्स प्रा.लि. का दही, घ्यू, पनिर लगायत अरु दूधजन्य पदार्थहरूको पनि स्वस्थ स्वाद लिन सकिने जानकारी संस्थापक महर्जनले दिनु भयो।
मार्टिन डेरी प्रोडक्ट्स प्रा.लि. का इन्स्ट्यान्ट ड्रिङ्क मिल्क फ्रिजमा राखी (चिल्ड) चिसो पारी वा साधारण कोठाको तापक्रममा पनि पिउन सकिने जानकारी महर्जनले दिनुभयो। स्वाद र स्वास्थ्यमा कहिले सम्झौता गर्न नहुने उहाँको भनाइ छ। विदेशी भन्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सर्वप्रथम उपभोक्ताको विश्वास जित्न पर्छ भन्ने महर्जनको बुझाई छ। त्यसैले उहाँ भन्नु हुन्छ "स्वस्थ र समृद्ध जीवनको लागि नेपाली मन आफ्नै पन।"