सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, सरकारमा पनि नजाने
काठमाडौं, वैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा नजाने निर्णय गरेको छ ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले रास्वपा उपनिर्वाचनको मतपरिणामअनुसार प्रतिपक्षमा बस्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेपनि रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० २१:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय