Kath khabar
विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न



                 काठमाडौं, वैशाख २३ । नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ ।

गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पुर्‍याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँ सहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ ।

त्यसै गरी नगद ५० हजार रुपियाँ सहित गायिका  सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ ।

समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए । मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ ।

बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् ।

समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले आप्mनो समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

अवार्ड विजेताहरु :
१. सर्वोकृष्ट गीत
गीतको बोल                    गीतकार
छुटेपछि त छुट्यो             दिपीका रिमाल थापा

२. सर्वोकृष्ट गायन पुरुष (सुगम संगीत)
गायक                            गीतको बोल
रुपक डोटेल                    तिमी बिना

३. सर्वोकृष्ट गायन महिला (सुगम संगीत )
गायिका                    गीतको बोल
जुनु रीजाल                 न दोष तिम्रो न दोष मेरो

४. सर्वोकृष्ट संगीत (सुगम संगीत )
संगीतकार                     गीतको बोल
इशवर अमात्य               अघि बढे भेल बाढी

५. सर्वोकृष्ट रचना (सुगम संगीत )
गीतको बोल                    गीतकार
बि पाण्डे                    झुम्के बुलाकि

६. सर्वोकृष्ट महिला गीतकार (सुगम संगीत)
गीतकार                        गीतको बोल
प्रभा बर्तौला                    एउटा कथा

७. सर्वोकृष्ट पप गायन पुरुष
गायक                           गीतको बोल
संजीब सिंह                    आधा रातमा

८. सर्वोकृष्ट युगल गायन
गायक गायीका                     गीतको बोल
हिमाल सागर र अनु चौधरी    ए होर माया
९. सर्वोकृष्ट एरेन्जर
एरेन्जर                            गीतको बोल
साहास शाक्य                    साथले तिम्रो

१०. सर्वोकृष्टलोक दोहोरी गायन (पुरुष)
गायक                         गीतको बोल
विक्रम परियार                    पाखे

११. सर्वोकृष्ट लोकदोहोरी गायन (महिला)
गायिका                            गीतको बोल
सुनिता बुढा छेत्री                रुदै रुदै नौतुना रेलैमा

१२. सर्वोकृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)
डिरेक्टर                        गीतको बोल
स्मृती तिमल्सीना           मकै पिस्ने जाँतो

१३. सर्वोकृष्ट लोक दोहोरी भाका
गीतको बोल                     संगीतकार
सन्तोष केसी                    गुल्मेली हुम कर
१४. सर्वोकृष्ट मोडल (लोक दोहोरी)
मोडल                                         गीतको बोल
रुबिना अधिकारी र लोमस शर्मा      बिउरीयो दुई दिने चोला

१५. सर्वोकृष्ट मोडल (आधुनिक)
मोडल                                           गीतको बोल
कुमारी बराइली र बिमल अधिकारी    दिलको डायरीमा

१६. सर्वोकृष्ट गीत (लोक दोहोरी)
गीतको बोल                    रचना
घनश्याम रिजाल             सुन्य भयो डाँडैको चौर

१७. सर्वोकृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)
डिरेक्टर                                गीतको बोल
रामजी लामिछाने                    एउटा कथा

१८. सर्वोकृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
गीतको बोल                            गीतकार
हाम्रो देशको सिमाना                अर्जुन कौशल

१९. सर्वोकृष्ट भिडियो सम्पादक (एडिटर)
सम्पादक                    गीतको बोल
प्रबिण भट्ट                    पिर

२०. सर्वोकृष्ट छाँयाकार (क्यामेरापर्सन)
छाँयाकार                    गीतको बोल
अजय रेग्मी                    सरानकोटको डाँडैमा

२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार    
कौशिला खनाल कमाचार्य
    
पब्लिक च्वाईस अवार्ड  : दिपेन्द्र तिमल्सीना
पपूलर अवार्ड : प्रकाश धमला
जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ
जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी
जूरी अवार्ड अभिनयतर्फ : बादल धिमिरे
जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी
जूरी अवार्ड गीततर्फ : कमल सरगम


 
 

 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update