Kath khabar
सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

 

               काठमाडौं, वैशाख २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार हेलिकप्ट दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो ।

अब सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गर्नुपर्ने प्राधिकरणले बताएको छ । साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९ एन-एजेजेट हेलिकप्टर संखुवासभाको भोटेखोला गाउँपालिका-४ सिप्रुङमा दुर्घटनामा परेको थियो । 

हेलिकप्टरमा चालक सुरेन्द्र पौडेल सहित ५ जना सवार थिए । तर, उनीहरूमध्ये १ जनाको मृत्यु भइसकेको छ । १ जना यात्रु सामान्य रहँदा चालक पौडेल सहित ३ जना घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update