काठमाडौं, वैशाख २४ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १९ दशमलव १२ अंंकले घटेर १८ सय ५० दशमलव ६१ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव १४ अंकले घटेर तीन सय ५४ दशमलव ७८ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ६३ वटा कम्पनीहरुको २३ हजार ५१ पटकको कारोबारमा २० लाख १५ हजार नौं सय ५९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने बढी कम्पनीहरूको सुचीमा एनएमबी डिबेञ्चर २०८७–०८८,मकर जितुमाया सुरी हाईड्रो पावर लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, नबिल बैंक, गोर्खाज फाईनान्सको संस्थापक शेयर आदि परेका छन् ।