काठमाडौं, वैशाख २५ । वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका–१० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुदिपले तीन जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बास्तोला समेतले १०१ जनालाई वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाइ प्रतिष्ठित कम्पनीहरूमा ४ लाख रूपैयाँ बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार बिभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका–२ दरबारस्क्वायरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
सिताराम बास्तोला