Kath khabar
आजदेखि संसदमा प्रि-बजेट छलफल सुरु

 

                     
                    काठमाडौं, वैशाख २५ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।

आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो । संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।

प्रि-बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । हरेक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update