राजनीति
सांसद अमरेशकुमार सिंह विरुद्ध अख्तियारमा उजुरी
अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंह विरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो। विकास ठाकुरले सोमबार उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन्
काठमाडौं, वैशाख २५ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। संसदमा अर्धनग्न बनेर विरोध जनाएकै दिन विकास ठाकुरले उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् ।
अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंह विरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो। कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैली सहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएका हुन्।
२०६३ सालबाट राजनीतिमा उदाएका सिंहको आर्थिक फड्को नै भ्रष्टाचारको कारण रहेको निवेदनमा ठाकुरले दाबी गरेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय